सेती अस्पतालमा ट्रमा सेन्टर सञ्चालन गरिने



Download our app to get more features

धनगढी, २ असार । सुदूरपश्चिम सरकारले सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर सञ्चालन गर्ने भएको छ । 

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले सोमबार आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर स्थापना गर्न बजेट विनियोजन गरेको जानकारी दिए ।

सवारी दुर्घटनाबाट हुने घाईतेको तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर सञ्चालन गरिने बजेट वक्तव्यमा उल्लेख छ । 

यस्तै कैलालीकै टीकापुर अस्पतालमा सरुवा रोग अस्पताल तथा अनसन्धान केन्द्र स्थापना एवं सञ्चालनका लागि पनि सुदूरपश्चिम सरकारले बजेट विनियोजन गरेको छ ।

ट्रमा सेन्टर र सरुवा रोग अस्पताल तथा अनसन्धान केन्द्र स्थापनाका लागि तीन करोड बजेट बिनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जानकारी दिए । 

सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षलाई ‘स्वास्थ्य सेवा सुधार वर्ष’ को रुपमा मनाउन समग्र स्वस्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको मन्त्री बोहराले बताए ।

Last modified on 2020-06-16 11:35:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts