सेती कोरोना अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि

धनगढी, २ असार । सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
धनगढी उप–महानगरपालिकाकी २८ वर्षीया स्टाफ नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
सोमवार ६८ जनामा कोरोना पुष्टि भएकोमा एक जना स्टाफ नर्स रहेको अस्पतालले जनाएको छ ।
‘संक्रमित स्टाफ नर्स कोरोना अस्पतालमै कार्यरत थिईन्, अहिले उनको आइसोलसनमा राखेर उपचार भईरहेको छ ।’ उनको सम्पर्कमा आएका अन्य स्वास्थ्यकर्मीको समेत परीक्षण गर्ने तयारी भईरहेको छ ।