आगामी सातादेखि कोरोना परीक्षण दोब्बर हुनेछ : मुख्यमन्त्री पोखरेल

रुपन्देही, १ असार । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आगामी सातादेखि प्रदेश ५ मा ल्याब थप गरेर कोरोना भाइरस परीक्षण दोब्बर गराउने बताएका छन् । प्रदेश सभामा आर्थिक वर्ष ०७७÷०७८ को बजेट पेश गर्ने क्रममा उनले ल्याब थप गरेर कोरोना भाइरस परीक्षणलाई दोब्बर बनाउने बताएका हुन् ।
उनले कोरोना भाइरसको महामारीलाई लागि थप १० करोड रुपैयाँ जम्मा गर्ने बताए । सरकारले स्थानीय तह र अस्पतालहरुमा उपकरण खरिद गर्नका लागि रकम खर्च भएको उनले बताए ।
Last modified on 2020-06-15 17:50:23