क्वारेन्टाइनमा महिलामाथि भएको सामूहिक बलात्कारको घटनामा संलग्नलाई कारबाही थालियो

काठमाडौं, १ असार । कैलालीको लम्कीचुहास्थित एक क्वारेन्टाइनमा महिलामाथि भएको सामूहिक बलात्कारको घटनामा संलग्नलाई कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बलात्कारको घटनामा स्वास्थ्यकर्मी समेत सहभागि हुन दुःखद भएको भन्दै प्रदेश सरकारसँगको समन्वयमा घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याइने बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना महामारीको विषम परिस्थितिमा एक अर्कालाई सम्मान र प्रोत्साहित गर्ने बेलामा स्वास्थ्यकर्मीको समेत संलग्नतामा बलात्कार जस्तो घृणित काम गर्नेलाई यथाशिघ्र कारबाही गरि न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले घटनामा संलग्नलाई कारबाहीको प्रक्रिया अघि बढाई छिटोभन्दा छिटो कारबाही गरेर पीडितलाई न्याय दिलाउने काम सुरु भएको बताए ।