कोरोना संक्रमितको व्यवस्थापनका लागि डा.लम्सालको नेतृत्वमा प्राविधिक समिति गठन

काठमाडौं, १ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितका बिरामीका लागि हुने प्राविधिक समस्या समाधानका लागि समिति गठन गरेको छ ।
वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. माधव प्रसाद लम्सालको संयोजकत्वमा एक सदस्यीय चिकित्सकीय समिति गठन गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ सैं घन्टा उपलब्ध हुने गरि हट लाइन नम्बर ११३३ र ९८५१२५५८३९ सम्पर्क गरि समस्या समाधानका लागि समन्वय गर्न सकिने बताए ।
उनले भने, कोभिड १९ अस्पताललाई कोरोना संक्रमित बिरामीको व्यवस्थापनका लागि एक अस्पतालबाट अर्को अस्पतालमा समन्वय गर्न सहज हुने भन्दै समिति गठन गरिएको छ । अब स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले सिधै सम्पर्क गरेर समन्वय गर्न सक्नेछन् ।