एक हजार ४१ जनाले जिते कोरोना, संक्रमितको संख्या ६ हजार नाघ्यो

काठमाडौं, १ असार । नेपालमा कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये एक हजार ४१ जनाले कोरोनालाई जितेका छन् ।
माघमा पहिलो पटक नेपालमा देखिएको कोरोना संक्रमितसँगै हालसम्म एक हजार ४१ जनाले कोरोनालाई जितेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित जित्नेमा १ सय ४ जना महिला र ९ सय ३६ पुरुष रहेका छन् ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिंगको क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ४ सय ५१ जना नयाँ कोरोना संक्रमित थपिएको बताए ।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४ सय ५१ जना थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ६ हजार २ सय ११ पुगेको छ ।
Last modified on 2020-06-15 16:29:19