कपिलवस्तुमा मात्रै ६ सय ४६ कोरोना संक्रमित



Download our app to get more features

कपिलवस्तु, १ असार । कपिलवस्तुमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित ६ सय ४६ पुगेका छन् । सोमबार बाणगंगा नगरपालिका र विजयनगर गाउँपालिकामा गरी १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ सय ४६ पुगेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको नमुना परीक्षणमा  जिल्लाका १२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।सोमबार संक्रमण देखिएका मध्ये नौ जना बाणगंगा नगरपालिकाका रहेका छन् । उनीहरु नगरपालिकाको वडा नम्बर २ का २० बर्षीय पुरुष, वडा नम्रब ३ का २२ र २४ बर्षीय पुरुष, वडा नंम्बर ४ का ४० र ४१ बर्षीय पुरुष, वडा नम्वर १० का १९, २५ र ३५ बर्षीय पुरुष रहेका छन् । यस्तै वडा नम्बर ११ का २१ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

सोमबार नै विजयनगर गाउँपालिकाका थप तीन जनामा संक्रमण पुष्टि भएको छ । गाउँपालिकाका वडा नम्बर १ का २१ र २९ बर्षीय पुरुष र वडा नम्बर ३ का २६ बर्षीय एक पुरुषमा संक्रमण देखिएको हो ।

Last modified on 2020-06-15 13:57:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts