७३ जिल्लामा फैलियो कोरोना संक्रमण, संक्रमितको संख्या ५ हजार ७ सय ६०

काठमाडौं, ३२ जेठ । नेपालमा थप ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिंगको क्रममा हालसम्म नेपालमा ५ हजार ७ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।
उनले हालसम्म नेपालमा ९ सय १३ जना कोरोना संक्रमितहरु स्वस्थ भएको बताए ।
यस्तै, नेपालमा हालसम्म ७३ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको उनले बताए । पछिल्लो समय रुकुम पूर्वमा पनि कोरोना भाइरसको संक्रमण फैलिएसँगै नेपालको ७३ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको हो ।
Last modified on 2020-06-14 20:40:43