वन कार्यालयको १  विगहा ४ कठ्ठामा बन्ने भयो लुम्बिनी प्रादेशिक अस्पताल 



Download our app to get more features

रुपन्देही, ३१ जेठ । भौतिक पुर्वाधारको अभावमा पर्याप्त भबन बिस्तार गरि स्वास्थ्य सेवा प्रवाह गर्न असहज भएको बुटवलको लुम्बिनी प्रादेशिक अस्पताललाई  अब त्यो समस्या समाधान भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल देखि दक्षिण तर्फ रहेको १ बिगहा ६ कठ्ठा जग्गा पुर्वाधार बिस्तारका लागि उपलब्ध गराउने मन्त्रिपरिषदले निर्णय गरेपछि अस्पताल बिस्तारका लागि मार्ग प्रसस्त भएको हो । संघिय सरकारको मन्त्रिपरिषद बैठकले अस्पतालको भौतिक पुर्वाधार बिस्तारका लागि नेपाल सरकार बन मन्त्रालय बन कार्यालयको नाममा रहेको जग्गा अस्पताललाई दिने निर्णय गरेको थियो ।

जग्गा अभावमा भौतिक पुर्वाधार निर्माणमा समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई नेपाल सरकारले वन कार्यालयको जग्गा दिने निर्णय गरेको छ ।

बैठकले वन तथा वातावरण मन्त्रालय मातहत रहेको बुटवलको नयाँ बसपार्क र लुम्बिनी प्रादेशिक अस्पतालको बिचमा रहेको वन कार्यालयको लुम्बिनी प्रादेशिक अस्पताललाई उपलब्ध गराउने निर्णय गरेको पुर्व अर्थमन्त्री तथा सासद विष्णु पौडेलका स्वकिय सचिव यम प्रसाद पाण्डेले बताए ।

वन कार्यालयकको नक्शामा १ बिगाहा ४ कठ्ठा २ दशमलव २ धुर जग्गा रहेकोले सोही जग्गा लुम्बिनी प्रादेशिक अस्पतालले पाउने छ ।

लुम्बिनी प्रादेशिक अस्पताललाई बिस्तार एवं स्तरोन्नती गर्ने काममा यो निर्णयले धेरै राहात पुग्ने विश्वास लिईएको छ । अस्पताललाई प्राप्त हुने जग्गामा छुटै गुरुयोजना बनाएर नयाँ संरचना निर्माण गरिने अस्पतालले जनाएको छ । बसपार्क देखि साबिकको ब्लड बैंक सम्मको क्षेत्रमा हालै प्रदेश सरकारद्वारा स्विकृत गुरुयोजना अनुसार अत्याधुनिक सुबिधा सहितको अस्पतालको व्यवसायी भवन बन्नेछ । जसको डिपिआर बनाउन शुरु गरिएको छ ।

यस अस्पताललाई निम्न आय भएका जनताको भरेसाको केन्द्र बनाउने सोच सहित अस्पतालले करिव ८ अर्व हाराहारीको लागतमा अत्याधुनीक सुबिधा सम्पन्न भवन निर्माण गर्ने गुरुयोजना सार्वजनिक गरेको अस्पताल विकास समितिका अध्यक्ष सुर्य बहादुर भट्टराईले बताए ।

अस्पताललाई दिने निर्णय गरिएको स्थानमा ईलाका प्रशासन कार्यालय सन्चालनमा रहेको छ । लुम्बिनी प्रादेशिक अस्पतालका लागि उक्त बन कार्यालयको जग्गा दिए बापत बुटवल उप महानगरपालिकाले सोही क्षेत्रफल बमोजिमको जग्गा अन्य क्षेत्रमा वन कार्यालयका उपलब्ध गराउनु पर्नेछ ।

अस्पतालका अध्यक्ष भट्रराईले वन कार्यालयकको जग्गा प्राप्ति संगै अस्पतालको बिकासका लागि थप सहज भएको बताए । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनालले २०७२ सालदेखि अड्केको फायलको प्रक्रिया अगाडी बढाएर अस्पतालको नाममा जग्गा प्राप्त हुनु खुसीको कुरा भएको बताए ।

उनले ५ बर्ष देखि बन मन्त्रालयमा अड्केको फायल पुर्व अर्थमन्त्री बिष्णु पौडेलको पहलमा अगाडी बढेको बताउंदै अस्पतालको बृहत्तर बिकासकालागि पौडेल सहित मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश सरकारबाट पनि बिशेष सक्रिय पहलकदमी भएको बताए ।

२०७२ सालमा अस्पताल बिकास समितीको अध्यक्ष डाक्टर प्रायश्चित श्रेष्ठ र मेसुमा डां खनालको कार्यकालमा बनको जग्गा प्राप्तीका लागि नेपाल सरकारमा प्रस्ताव पेश भएको थियो ।मन्त्रिपरिषदको निर्णयले अस्पतालको अत्याधुनिक भवन निर्माणका लागि प्रक्रिया अगाडी बढाउन मार्ग प्रसस्त भएको डाक्टर खनालले बताए ।

Last modified on 2020-06-13 17:39:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts