१४ दिनसम्म कोरोनाको कुनै लक्षण नदेखिएपछि ५ जना संक्रमित अस्पतालबाट डिस्चार्ज



Download our app to get more features

धनगढी, ३१ जेठ । निको नभइकन डडेल्धुराका पाँच जना कोरोना संक्रमितलाई घर पठाइएको छ । 

१४ दिनसम्म कोरोनाको कुनै लक्षण नदेखिएपछि स्वास्थ्य मन्त्रालयको गाइडलाइन अनुसार उनीहलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो । 

शनिबार जिल्लाकोे गन्यापधुरा गाउँपालिका १ का ३८ वर्षीय, १७ वर्षीय, सोही गाउँपालिका २ का १९ वर्षीय, २५ र ५७ वर्षीय गरि पाँच जना पुरुषलाई होम क्वारेन्टाइनमा बस्ने गरी पठाइएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर सुपरभाइजर तथा कोभिड–१९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए ।

उनीहरुलाई डडेल्धुरा सदरमुकामस्थित अपि अस्पतालमा राखिएको थियो ।

जेठ ९ र १० गते भारतका विभिन्न शहरबाट आएका उनीहरुलाई सुरुमा कोरोना पोटेटिभ देखिएको थियो । शनिबार पाँच जना डिस्चार्ज भएसँगै डडेल्धुरामा अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ६ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts