भेन्टिलेटरमा उपचाररत बिरामीको मृत्यु भएको भन्दै गलत अफवाह फैलाइयो, सीएमसीमा तोडफोड



Download our app to get more features

चितवन, ३१ जेठ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा भेन्टिलेटरमा उपचाररत बिरामीको मृत्यु भएको भन्दै गतल हल्ला फैलाउँदै भएको तोडफोडको घटनाप्रति अस्पतालले आपत्ति जनाएको छ । 

अस्पतालले विज्ञप्ति जारी गर्दै १८ वर्षका एक जना बिरामीलाई आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार सुरु गरेपछि केहि व्यक्तिले बिरामीको मृत्यु नै भइसकेको भन्दै आईसीयू कक्ष र अस्पताल परिसरमा तोडफोड गरेकोमा आपत्ति जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘भरतपुर महानगरपालिका २२ पटिहानीका १८ वर्षका एक युवकलाई जेठ २७ गते अस्पताल भर्ना गरिएको र परिवारको स्विकृतिमा नै एपेन्डिक्सकाे शल्य क्रिया गर्दा समेत उनमा स्वास्थ्य समस्या देखिएपछि परिवारलाई जानकारी गराइएको थियो । पछि उनको पेटमा रगत जमेको र ज्वरो निरन्तर आइरहेपछि परिवारकै स्विकृतिमा २९ गते आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । तर, केहि उत्श्रृखंल मानिसहरुको समूहले बिरामीको मृत्यु भएको भन्दै गलत अफवाह फैलाई अस्पतालमा होहल्ला, तोडफोड गरेको र बिरामीलाई समेत असर पारेको छ ।’

अस्पतालले बिरामीको अवस्था आजको दिनसम्म गम्भीर रहेपनि क्रमिक सुधारका संकेतहरु देखिन्दै गएको जनाएको छ । साथै यस्ता घटनाबारे सत्यतथ्य बुझेर समाचार सम्प्रेषण गरिदिनपनि अस्पतालले आग्रह गरेको छ ।

Last modified on 2020-06-13 16:13:30

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts