गण्डकी प्रदेशको ४ जिल्ला गरि ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



Download our app to get more features

पोखरा, ३० जेठ । गण्डकी प्रदेशको ४ जिल्ला गरि ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जनामा गरि ३७ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सक्रमितहरु सबै पुरुष रहेका छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ ।

संक्रमितहरु स्याङ्जाको गल्याङ नगरपालिकाका १५, १६, १८, २० वर्षका ४ जना, २३, २४, २५ वर्षका दुई जना, २९, ३१, ३५ वर्षका दुई जना, ४४, ४५ र ६६ वर्षका गरि १८ जना, वालिङ नगरपालिकाका३३ र ३५ वर्षका दुई जना, अर्जुनचौपारी गाउँपालिकाका ३ वर्षका बालक र एक जना ४ वर्षका बालकको ठेगाना खुल्न सकेको छैन ।
 
यस्तै पर्वतको कुश्मा नगरपालिकाका १९, २०, २३, २८, २८, २९, ३७ र ४५ वर्षका ८ जना, पैंयु गाउँपालिकाका २० वर्षका एक जना, बिहादी गाउँपालिकाका ३२ वर्षका एक जना र ठेगाना खुल्न नसकेको ३२ वर्षका एक जना रहेका छन् ।
 
त्यसैगरि तनहुँको घिरिङ गाउँपालिका र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका १९ र १७ वर्षका एक एक जना युवक पनि कोरोना देखिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts