मुटुसम्बन्धी रोगबाट यसरी बच्न सकिन्छ
सन्दर्भ : विश्व मुटु दिवस
मानव शरीरका अङ्गहरुमध्ये मुटु जटिल प्राकृतिक अङ्ग हो । यो हरपल चलिरहन्छ । छाती भित्र धडकिरहने यो सानो अङ्गले शिरदेखि पैतालासम्म महत्वपूर्ण प्रभाव पारेको हुन्छ । हाम्रो मुटु एक्कासी किन दुख्छ ? भन्ने प्रश्न सबैलाई सामान्य लाग्न सक्छ तर यसको उत्तर खोज्न धेरै कारण अध्ययन गर्नुपर्ने हुन्छ ।
मुटुले कसरी काम गर्छ ?
शरीरको माथिल्लो भागको अशुद्ध रगत सुपेरिएर भेनाकाभा हुँदै दायाँ एट्रियममा पुग्छ । त्यस्तै शरीरको तल्लो भागको अशुद्ध रगत इन्फेरिएर भेनाकाभा हुँदै दायाँ एट्रियममा पुग्छ । दायाँ एट्रियमबाट अशुद्ध रगत ट्राइकस्पिड भल्भलाई पार गर्दै दायाँ भेन्ट्रिकलमा जम्मा हुन्छ । मुटु खुम्चिने बेलामा दायाँ भेन्ट्रिकलमा जम्मा भएको रगत पल्मोनरी भल्भलाई पार गर्दै पल्मोनरी आर्टरीमा जान्छ । यसरी शरीरको विभिन्न अंगहरुबाट जम्मा भएको अशुद्ध रगत पल्मोनरी आर्टरी हुँदै फोक्सोमा पुग्छ । फोक्सोमा अशुद्ध निलो रगत शुद्ध भएर चार वटै पल्मोनरी भेन हुँदै मुटुको बायाँ भागमा पुग्छ ।
किन दुख्छ मुटु ?
मुटु दुख्ने धेरै कारणहरु हुन्छन् । विशेषगरी मुटुको वरिपरी छातीको बीच भागमा दख्नु मुटु रोगका कारण हुन् । मुटु रोग विभिन्न किसिमका हु्न्छन् भल्भ मुटु रोग, बाथ मुटु रोग, मुटु फेल्योर, कोरोनरी मुटुरोग र हृदयाघात, जन्मजात मुटु रोग, उच्च रक्तचाप, मस्तिष्कघात र हृदयघातलगायत मुख्य हुन् । तसर्थ मुटु दुख्ने प्रमुख कारण भनेकै विभिन्न प्रकारका मुटु रोग हुन् । अन्य कारणहरुमा मानसिक तनावसँग सम्बन्धित मुटु हल्लिने रोग जसलाई हामी एञ्जाइटी भन्छौं । यो पनि मुटु दुख्ने अर्को कारण हो ।
मुटु रोग बाहेक अन्य कारणहरुमा छातीको मांशपेशी खुम्चेर, फोक्सोको बाहिरी झिल्ली च्यातिएर, मानसिक तनाव बढि लिएमा छाती टाइट हुने र मुटु दुखेको अनुभव हुने गर्छ । यदि मुटुको भल्भ थुनियो भने वा सानो भयो भने मुटु दुख्न थाल्छ । विशेषगरी मुटुको धमनीमा ब्लक भयो भने छातिको बीच भागमा बेस्सरी मुटु दुख्न थाल्छ, यस्तो अवस्थामा हिंडडुल गर्दा झन् बेस्सरी दुख्न थाल्छ । शरीरमा रक्त सञ्चार कमी भयो भने पनि मुटु दुख्न थाल्छ ।
एन्जिनालाई पनि मुटु दुख्ने अर्को कारण मान्न सकिन्छ । एन्जिनालाई सामान्य बुझाइमा छातीको पीडा भन्न मिल्छ । छाती गह्रौं भएको, छातीमा कसैले वा केहीले च्यापेको जस्तो लाग्ने, छाती पोलेको, छाती सुन्न परेको, छाती चिलाएको लगायतका सबै लक्षण एन्जिनामा पर्छन् । जसको कारण मुटु दुख्न थाल्छ ।
तसर्थ मुटु दुख्ने कारण मुख्य गरी मुटु रोग नै हो । त्यसैले हामीले मुटु रोग प्रति बढि सचेत हुनुपर्छ । मुटु रोगका साझा तर अनौठा लक्षण रहेका छन् ।
मुटुरोगका साझा तर अनौठा लक्षण
१. देब्रे छाति दुख्ने, ढक्क फुल्ने वा भारी हुने छातीमा बेचैनी हुने वा भारीपन महसुस हुनु ।
२.श्वास फेर्न कठिनाइ हुनु ।
३. धेरै पसिना आउनु ।
४. नियमित रुपमा वाकवाक लाग्नु ।
५.हात झझमाउने तथा चेतनाबिहिन बन्ने ।
६.शरीरको कुनै अंगले काम गर्न छाड्नु ।
७. बोल्दा कठिनाइ हुने, जिब्रो लरबरिने ।
८.कमजोर यौन गतिविधि भएमा ।
९.घुर्ने तथा निन्द्रामा असन्तुलन हुने ।
१०.काँध र घाँटीमा दुखाई हुने ।
११.खुट्टा वा पैताला सुन्निएमा ।
१२.अपच, मुटुमा जलन भएमा ।
१३ .जिब्रो लरबरिनु ।
१४.मुटुको चाल बढ्नु ।
१५.घाँटी दुख्नु, टन्सिल हुनु ।
रोगका कारणहरु
चुरोट, सुर्तीको सेवन नगर्ने वा त्याग्ने, नियमित शारिरीक व्यायाम गर्ने, सागसब्जी र फलफूल बढी सेवन गर्ने, मासु, चिल्लो, बोसोयुक्त खानेकुरा, जंक फुड कम गर्ने, मानसिक तनाव कम गर्ने, तौल ठीक राख्ने, भुँडी बढ्न नदिने र नियमित रूपमा चिकित्सकसँग परीक्षण गराई आवश्यक सल्लाह लिने गरेमा मुटु रोगबाट सजिलै बच्न सकिन्छ ।
१.मुटुको रोगको परिवारीक इतिहास भएको ।
२.अत्याधीक मोटोपन भएको ।
३.शारीरिक रुपमा कम शक्रिय हुनु ।
४.अत्याधीक कोलस्ट्रोल हुनु ।
५.अत्याधिक ब्लडप्रेसर हुनु ।
६.धुम्रपान सेवन गर्नु ।
७.लागु पर्दाथको सेवन ।
८.डाइबेटिजको रोगी हुनु ।
उपचार
एक पटक मुटुमा गम्भीर समस्या देखिए जीवनभर त्यसले पीडा दिन्छ । मुटुको भल्भ नै फेर्नुपर्ने हुनेछ । एक पटक उपचार गरेपछि पनि जीवनभर औषधी खानुपर्छ । जुन निकै महंगो हुन्छ । मुटु रोगको प्रारम्भिक अवस्थामा उपचार गरे जोखिम कम हुन्छ । तर रोग छिप्पिँदै गए उपचार कठिन हुनुका साथै उपचार पनि धेरै महंगो हुन्छ । त्यसैले आफूमा मुटु रोगको समस्या छ कि छैन भनेर बेला बेलामा इसिजी गरेर हेनुपर्छ ।
पहिले पहिले पाका र उमेर बढि भएकालाई लाग्ने भनेर चिनिएको मुटु रोग अहिले साना केटाकेटी र किशोरकिशोरीमा पनि देखिन थालेका छ । परिवारमा कसैलाई मुटु सम्बन्धि रोग छ भने २० वर्षसम्मको उमेरमा मुटुको परीक्षण गर्नुपर्दछ । अन्यथा ३० वर्षको उमेरपछि अनिवार्य एकपटक मुटुको परीक्षण गर्नुपर्दछ ।
खानपानमा सन्तुलन मिलाउन सके, नियमित अभ्यास गरे र समय समयमा स्वास्थ्य जाँच गराए मुटु रोग लाग्नबाट बच्न सकिन्छ । जसबाट मुटु दुख्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।
डा. लम्सालसँग दिनेश लामिछानेले गरेको कुराकानीमा आधारित
मुटु आगोले पोले जस्तो भैरहन्छ यसको के उपचार गर्दा राम्रो होला बताई दिय हुन्थ्यो?मेरो उमेर १९ मात्र भयो ।।।।।
मेरो नी बेला बेला मुटु दुख्ने र स्वासप्रस्वास मा अफ्थेरो हुने गर्दछ यसको कुनै घरेलु उपचार छ भने बताईदिनुहोला
मुटु बारे समस्या थाहा पाउँदा सार्है मन पर्यो.. मुटु एक्कासि दुख्दा र छट्पटी बनाउदा तत्काल उपचार के गर्न सकिन्छ? यस्को बारेमा पनि बताईदिन्री भए आभारी हुने थिए
हजुरका सारै जीवनोपयोगि लेख रचनाकोलागि धन्यबाददिदै बाढने अनुमति चाहान्छौ !