अर्घाखाँचीमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु, नेपालमा संख्या १६ पुग्यो



Download our app to get more features

रुपन्देही, २९ जेठ । अर्घाखाँचीमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ ।

मालारानी गाउँपालिकाको क्वरेन्टाइनमा बसेर उपचारको लागि बुटबल गएर फर्कदै गर्दा बाटोमा एक जनाको मृत्यु भएको व्यक्तीमा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

मृत्यु हुनेमा मालारानी गाउँपालिका ४ ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालयमा भारत बाट १४ दिन अघि आएर क्वारेन्टाइनमा बसेका ५७ वर्षीय एक जना पुरुष रहेका छन् ।

जेठ २३ गते स्वाब संकलन गरी कोरोना जाँच गर्न प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षणका लागी पठाइएकोमा कोरोना पुष्टि भएको थिएन । 

बाटोमै मृत्यु भएपछि उनको स्वाब पुनः बुधवार राति संगलन गरी पठाएकोमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिए ।

श्वासप्रश्वासको समस्या भएपछि उनलाई उपचारको लागि बुधबार जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो ।

यो संगै अर्घाखाँचीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ भने संक्रमितको संख्या ३७ पुगेको छ ।

नेपालमा भने कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ पुगेपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक पुष्टि गरेको छैन ।

Last modified on 2020-06-11 19:46:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts