नेपालमा थप २ सय ५० जना नयाँ कोरोना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, २९ जेठ । नेपालमा थप २ सय ५० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ५० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ४ हजार ६ सय २२ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा ८ सय ६१ जना कोरोना संक्रमितले कोरोनालाई जितेका छन् ।

निको हुनेमा ७ सय ७४ महिला र ८६ जना महिला निको भएको उनले बताए । 

Last modified on 2020-06-11 16:23:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts