कर्मचारीले आत्मादाह गरेपछि बयलपाटा अस्पतालले सच्यायो कर्मचारी निकाल्ने निर्णय



Download our app to get more features

अछाम, २९ जेठ । बयलपाटा अस्पतालले जागिरबाट निकालेपछि आत्मदाह गरेका कर्मचारीको परिवारलाई रोजगारी तथा आर्थिक सहायता दिने भएको छ। अस्पतालले विहीबार विज्ञप्ति जारी गर्दै मृतकको परिवारलाई राहत दिनुका साथै निश्कासनमा परेका अन्य कर्मचारीको पनि जागिर थमौति गरेको छ । अस्पताल प्रशासनले ३२ जना कर्मचारीको करार सम्झौता नविकरण नगरेपछि सरसफाइ कर्मचारी सिद्धार्थ आउजीले अस्पतालमै आत्मदाह गरेका थिए। घटनाको व्यापक विरोध भएपछि अस्पताल प्रशासनले करार सम्झौतालाई निरन्तरता दिने निर्णय गरेको हो।  अब ३१ कर्मचारीको जागिर थमौति हुनेछ।
अस्पतालका अध्यक्षका सुरज वैद्यद्वरा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरोकारवालाहरूको सुझाव सल्लाह बमोजिम मिति ३१ वैशाख ०७७ मा यस संस्थाको कार्यकारिणी समितिले आर्थिक वर्ष २०७७÷७८ मा संस्थामा कार्यरत केही कर्मचारीको करार सम्झौता नविकरण नहुने भनी गरेको निर्णय हाललाई स्थगित गरिएको छ।’

Last modified on 2020-06-11 16:01:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts