स्वस्ति श्री गुरुकुल स्कुलद्वारा वीर अस्पताललाई ८० थान ज्याकेट हस्तान्तरण



Download our app to get more features

काठमाडौं, २९ जेठ । सानो भर्याङ्गमा रहेको स्वस्ति श्री गुरुकुल स्कुलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को एनेस्थेसिया विभागलाई ८० थान ज्याकेट निःशुल्क हस्तान्तरण गरेको छ।

नोबेल कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा खटिने चिकित्सकहरुलाई लकडाउनका बेला आवत जावत र पहिचानमा सहज होस भन्नका लागि ज्याकेट उपलब्ध गराइएको हो । विहीबार आयोजित एक कार्यक्रममा स्कूलका समाजसेवी डा. लुःज मानन्धरले एनेस्थेसिया विभागिय प्रमुख प्राडा शान्ता सापकोटालाई ज्याकेट हस्तान्तरण गरेका हुन् । मानिस समाजको एक हिस्सा भएको हुनाले यस्ता सामाजिक काम गर्नाले समाजलाई केहि टेवा पुग्ने समाजसेवी डा. लुःज मानन्धरले बताए । उनले यसअघि पनि धेरै सामाजिक कामहरु गर्दै आएका छन् । 

विभागीय प्रमुख प्राडा सापकोटाले अहिलेको विषम परिस्थितीमा ज्याकेटले चिकित्सकहरुलाई अस्पताल आउजाउ र सबैले पहिचानमा सहज हुने बताए । कार्यक्रममा वरिष्ठ एनेस्थेसियोलोजिष्ट डा. प्रदिप कोइराला, एनेस्थेसियोलोजिष्ट डा. अनुजजंग कार्की, फिजीसियन डा. प्रतिक पौडेल, अस्पताल व्यवस्थापक उमेश खत्री लगायत एनेस्थेसिया विभागका पदाधिकारीहरुको उपस्थिती थियो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts