चितवनमा पछिल्लो २४ घन्टामा २ सय ७४ जनाको कोरोना परीक्षण

चितवन, २९ जेठ । भरतपुर १० स्थित वाईपास रोडमा रहेको भरतपुर कोभिड–१९ प्रयोगशालामा बुधवार सल्यानको १ सय ३१ वटा सहित २ सय ७४ नमुनाको चितवनमा कोरोना परीक्षण गरिएको छ ।
मंगलवार प्रयोगशालामा प्राप्त भएका सल्यानको १ सय ३१ वटा सहित बाँकी चितवन जिल्लाका विभिन्न स्थानबाट गरि २ सय ७४ स्वाब नमुनाको आरटिपिसिआर विधिबाट कोरोना परीक्षण गरिएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
उनका अनुसार चितवनका १ सय ४३ नमुना मध्य भरतपुर अस्पतालको ४६, खैरहनी नगरपालिकाको ३६, बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको २६, चितवन मेडिकल कलेजको ११, भरतपुर महानगरपालिकाको ८, नारायणी सामुदायिक अस्पतालको ८, मनकामना अस्पतालको ५ र सेन्ट्रल अस्पतालको ३ जनाको स्वाब परीक्षण गरिएको हो । बुधवार साँझ प्राप्त रिपोर्ट अनुसार सबैको परिक्षणको नतिजा कोरोना नेगेटिभ आएको उनले बताए । यसअघि स्वास्थ्यकर्मी सहित चितवनामा ३० जनामा संक्रमण देखिएकोमा उनीहरूको संम्पर्कमा रहेका र अन्य संम्भावित मानिएका व्यक्तिहरूको समेत नमुना परीक्षण गरिएको हुँदा बुधवारको रिपोर्टलाई चितवनमा निकै महत्वका साथ हेरिएको थियो ।
जेठ २३ र २४ गते संकलन गरिएको ३ सय १० वना नमुनाको सोमवार चितवनमा गरिएको परीक्षणमा दुई जना चिकित्सक र एक जना नर्स सहित ३० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको थियो । चिकित्सक र नर्समा संक्रमण देखिएको र एकै पटक यति संख्यामा कोरोना पोजेटिभ देखिएको अहिलेसम्मको चितवनमा यो नै पहिलो घटना हो । जसमध्य २४ जना चितवनका, ५ जना नवलपुर र एक जना धादिङका रहेको भरतपुर अस्पतालले जनाएको छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।