नेपालमा थप २ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं, २८ जेठ । नेपालमा थप २ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६५ पुगेको छ ।
यस्तै ६ सय ७४ जना कोरोना संक्रमित निको भएका छन् ।
Last modified on 2020-06-11 16:03:31