दश अर्ब खर्चबारे सरकारले लेखा परीक्षण गर्न अहिले भ्याउँदैनः प्रधानमन्त्री ओली



Download our app to get more features

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडल परिवर्तनबारे मन्त्रिपरिषद बैठकले निर्णय गर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधवार बसेको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा कसरी परिर्वतन ल्याउन सकिन्छ सरकारले सहज बनाउने गृहकार्य गरिरहेको बताए । लकडाउनका विषयमा विभिन्न पक्षले ध्यानाकर्षण गराएको भन्दै उनले लकडाउनको विषयमा मन्त्रीपरिषदले उचित निर्णय गर्ने बताए । मन्त्रीपरिषदको बैठकले दिउँसो २ बजेका लागि बोलाइएको छ ।

यस्तै प्रधानमन्त्री ओलीले नेपालमा देखिएका कोरोना संक्रमितमध्ये ८५ प्रतिशतभन्दा धेरै भारतबाट आएका व्यक्ति भएको बताएका छन् । सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सोही कारण नेपालमा संक्रमणको बाढी आएको भन्दै पिसीआर र आरडिटी एकै पटक गर्न असम्भव भएको उल्लेख गरे । लक्षण देखिएका वा नदेखिएका दुवैलाई क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था आएको प्रधानमन्त्रीको भनाइ छ । 

यसैबीच कोरोना रोकथाम र नियन्त्रणमा सरकारले गरेको खर्चको विषयमा प्रधानमन्त्री ओलीले सरकारलाई अहिले त्यस विषयमा लेखा परीक्षण गर्न सम्भव नरहेको बताए । कोरोना संक्रमण रोक्न सरकारले १० अर्ब कहाँ खर्च गर्यो ? भनेर सांसदहरुले गरेको प्रश्नको जफाव दिँदै प्रधानमन्त्री ओलीले आफू लेखा परीक्षणमा होइन, काममा केन्द्रीत भएको जवाफ दिए । कोरोना संक्रमणका लागि पिसीआर टेस्टको संख्या नबढेको र क्वारेन्टाइन गुणस्तरीय नरहेको तर खर्च १० अर्ब भइसकेको हुँदा त्यसको हिसाब दिनुपर्ने बताएका थिए । 

Last modified on 2020-06-11 16:02:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts