चितवन प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

चितवन, २८ जेठ । चितवनमा गरिएको कोरोना परीक्षणमा दुई जिल्लाका गरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवन जिल्लामा भरतपुर महानगरपालिका ५ का २८ वर्षिय पुरुष, कालिका नगरपालिका ६ जुटपानीका २० वर्षिय पुरुषमा, त्यस्तैगरि नवलपरासीको गैंडाकोट नगरपालिका १३ र १४ का २३ र २६ वर्षिय पुरुषमा पिसिआर रिपोर्टमा कोरोना पुष्टि भएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए ।
जेठ २५ र २६ गते ल्याबमा लगिएका १ सय ३७ वटा नमूना परीक्षण गरिएकोमा चार जनामा कोरोना पोजेटिभ देखिएको उनले बताए । उनका अनुसार बाँकी अन्यको रिपोर्ट भने नेगेटिभ आएको छ । उनीहरूको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा स्वाब परीक्षण गरिएको हो ।
Last modified on 2020-06-10 09:15:57
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।