गण्डकीमा कोरोना संक्रमितको संख्या १ सय ४५ पुग्यो 



Download our app to get more features

पोखरा, २८ जेठ । गण्डकीको नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), देबचुली नगरपालिकाका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देबचुलीस्थित  पालिकाको क्वारेन्टाइनमा रहेका ४० वर्षका १ जना पुरुषमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ्।

क्वारेन्टाइनबाट उनलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) को रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४५ पुगेको छ ।

साथै पोखराबाट काठमाडौँमा थप उपचारका लागि प्रेषण गरिएका व्यक्तिको सम्पर्कमा आएका सबैजना ३९ जनाको नमुना परिक्षणको रिपोर्ट नेगेटिभ (कोरोनको संक्रमण नभएको) भएको जनाइएको छ ।

Last modified on 2020-06-10 07:14:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts