नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो

काठमाडौं, २७ जेठ । नेपालमा थप ३ सय २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय २३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ भने नेपालका ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
यस्तै हालसम्म ५ सय ८४ जनाले कोरोनालाई जितेका छन् ।
Last modified on 2020-06-09 16:28:13