बी एण्ड बी हस्पिटलले गर्यो ६ सय कर्मचारीको कोरोना बीमा



Download our app to get more features

काठमाडौं, २७ जेठ । ग्वार्कोस्थित बी एण्ड बी हस्पिटलले ६ सय कर्मचारीको कोरोना बीमा गरेको छ । हस्पिटलले प्रति व्यक्ति एक लाख बराबरको कोरोना बीमा गरिदिएको हो । 

हस्पिटलले पूर्ववत रुपमा सबै सेवा सुचारु गर्दै कोरोनाको जोखिमलाई ध्यानमा राखि एक लाख बराबरको कोरोना बीमा गरेको जनाएको छ । यस्तै अस्पताल आउने बिरामीलाई ज्वरो आए छुट्टै क्लिनिक र वार्डको व्यवस्था गरिएको छ । अस्पतालमा कोरोना संक्रमणका लागि आरडिटी जाँच पनि सुरु गरिएको अस्पताल प्रशासनले बताएको छ ।

अस्तालले आरडिटी परीक्षण गरेर मात्रै बिरामीलाई भर्ना गर्ने भन्दै आरडिटी परीक्षणका लागि १४ सय मूल्य तोकेको छ । अस्पतालले आरडिटी जाँचका लागि नेपालमै सबैभन्दा कम शुल्क रहेको दावी समेत गरेको छ ।
 

Last modified on 2020-06-09 16:17:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts