डडेल्धुराका एक स्वास्थ्यकर्मीमा देखियो कोरोना संक्रमण

डडेल्धुरा, २७ जेठ । डडेल्धुराकी एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार जिल्लामा भेटिएका सात जना संक्रमित मध्ये अमरगढी नगरपालिका– ५ की १८ वर्षीया युवती स्वास्थ्यकर्मी भएको खुलेको छ।
उनी डडेल्धुरा अस्पताल नजिकै रहेको एक मेडिकलमा कार्यरत छन् । सो मेडिकल अस्पतालमै कार्यरत एक कर्मचारीले सञ्चालन गरिरहेको स्रोतको भनाइ छ । ती युवतीककी आमा डडेल्धुराको एक सरकारी कार्यालयमा कार्यरत कमचारी भएको समेत खुलेको छ ।
कन्ट्याक्ट ट्रेसिङ हुँदै
युवतीमा कोरोना संक्रमण भेटिएपछि अहिले उनीसँग सम्पर्कमा रहेकाहरुको खोजी भइरहेको छ । साथै सम्पर्कमा आएकाहश्रकाृ स्वाब संकलन भइरहेकोे स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर सुपरभाइजर तथा कोभिड–१९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले बताए। ‘संक्रमित युवतिसँग सम्पर्कमा रहेकाहरुको पहिचान भइसकेको छ, परिवारका सदस्य र केही स्वास्थ्यकर्मीको स्वाव समेत लिइएको छ’ उनले भने।
सोमबार धनगढीस्थित कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुरामा सात जनालाई कोरोना पुष्टि भएको थियो। तीमध्ये परशुराम नगरपालिकाको जोगबुढाका २५, ५७ र २२ वर्षीय गरी ३ पुरुष, नवदुर्गा गाउँपालिकाका २० र २१ वर्षीय पुरुष, अमरगढी नगरपालिका–५ की १८ वर्षीया किशोरी र वडा नम्बर १ का ४५ वर्षीय पुरुष रहेका छन्।