तिलोत्तमा नगरपालिकाद्धारा २० बेडको आइसोलेसन सेन्टर सञ्चालन



Download our app to get more features

रुपन्देही, २७ जेठ । तिलोत्तमा नगरपालिकाले २० बेडको आइसोलेसन सेन्टर निर्माण गरी सञ्चालनमा ल्याएको छ । कोरोना महामारी नियन्त्रण पूर्वतयारी अन्तर्गत शंकरनगर स्वास्थ्य चौकीमा आइसोलेसन सेन्टर सञ्चालनमा गरिएको हो । 

स्वास्थ्य चौकीबाट नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नम्बर २ को कार्यालयमा स्थान्तरण गरी आइसोलेसन सेन्टरको रुपमा तयार गरिएको नगरप्रमुख बासुदेव घिमिरेले बताए । आइसोलेसन सेन्टरमा एक चिकित्सक, एक नर्ससहितका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी खटिएका छन् । 
बुटवल कोरोना अस्पतालसँगको समन्वयमा कोरोना संक्रमित भए पनि लक्षण नदेखिएकाहरूलाई आइसोलेसनमा राख्न थालिएको छ । यहाँ सोमबारसम्म आरडिटी पोजेटिभ देखिए पनि पिसिआरको नतिजा आइ नसकेका १४ जनालाई आइसोलेशन राखेको ईञ्चार्ज केशव भट्टराईले वताए । २० बेडको आइसोलेसन सेन्टरमा नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको उनकोे भनाइ छ । 

सेन्टरमा आइसियु र भेन्टिलेटरको सुविधा नचाहिने कोरोना संक्रमित तथा  सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिनेछ । सेन्टरमा २४सैं घण्टा सेवा दिनेगरी स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको चिकित्सक संजोग पाठकले बताए । तिलोत्तमा नगरपालिकाले आइसोलेसनको लागि आफ्नै स्रोतमा दुई जना चिकित्सक तथा एक जना स्टाफ नर्स नियुक्त गरेको छ ।
 
नगर प्रमुख बासुदेव घिमिरेले कोरोना महामारीको अन्त्य भैसकेपछि स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकाश गरेर लैजाने गरी पूर्वाधार निर्माण गरिएको वताए । उनले अनुसार अहिले थप गरिएका मेडिकल उपकरण तथा भौतिक पूर्वाधारले अस्पताल सञ्चालनमा सहजता ल्याउनेछ । तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमण पूर्वतयारी अन्र्तगत् शंकरनगर र कोटिहवामा क्वारेन्टाइन सञ्चालन गरिरहेको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts