रोटरी क्लबद्वारा प्रदेश ५ लाई पाँच सय थान पिसिआर किट हस्तान्तरण

रुपन्देही, २७ जेठ । रोटरी क्लब अफ बुटवलले प्रदेश ५ को सामाजिक विकास मन्त्रालयलाई कोरोना रोकथाम तथा परीक्षणका लागि आवश्यक पर्ने विभिन्न सामान निःशुल्क प्रदान गरेको छ । क्लबले मन्त्री सुर्दशन बराललाई सोमबार पिसिआर किट तथा स्वाब कलेक्सन लिड हस्तारन्तरण गरेको हो ।
रोटरी क्लब अफ बुटवलका अध्यक्ष दिल्लीकुमार श्रेष्ठ, रोटरीका अनगोइन सर्भिस प्रोजेक्ट चेयर कुष्णप्रसाद पराजुली, डा. सागर पौडेलको टोलीले पाँच सय थान पिसिआर किड तथा एक हजार थान स्वाब कलेक्सन लिडसहितका सामाग्री मन्त्री बराललाई बुझाएको हो । सो अवसरमा मन्त्री बरालले कोरोना संक्रमणको उपचार र परीक्षणका लागि सामाग्रीको अभाव भएको समयमा रोटरी क्लबले गरेको सहयोगले सर्वसाधारणको जीवन सुरक्षामा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
उनले प्रदेश सरकारकातर्फबाट क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको परीक्षण र उनीहरूको व्यवस्थापनमा विशेष ध्यान दिएको बताए । साथै रोटरी जस्ता सामाजिक संस्थाहरूले त्यसमा हातेमालो गर्न अुनरोध गरे । रोटरी क्लब अफ बुटवलका अध्यक्ष श्रेष्ठले क्लबले दैनिक मजदुरी गरि जीवनयापन गरिरहेका परिवारलाई खाद्यान्न, राहात र कोरोना संक्रमण नियन्त्रणमा आवश्वयक स्वास्थ्य सामाग्री निःशुल्क सहयोग गर्दै आएको बताए । मन्त्रालयलाई हस्तान्तरण गरिएको सामाग्री रोटरी क्लब अफ बुटवलको पहलमा रोटरी अमेरिकाबाट उपलब्ध भएको अनगोइन सर्भिस प्रोजेक्ट चेयर कृष्णप्रसाद पराजुलीले जानकारी दिए ।