सांसदले योग सम्बन्धी दिएको अभिव्यक्तिप्रति योग तथा प्राकृतिक चिकित्सक संघको आपत्ति



Download our app to get more features

काठमाडौं, २६ जेठ । योग तथा प्राकृतिक चिकित्सक संघ नेपालले सांसदले संसदमा योग सम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । 

शनिवार बसेको संसद बैठकमा सांसद प्रेम सुवालले योग वैज्ञानिक नभएको र प्रतिबन्ध लगाउनुपर्छ भन्ने दिएको अभिव्यक्ति प्रति संघले आपत्ति जनाएको हो । संघले सोमबार विज्ञप्ति जारी गरी सांसद सुवाललाई विषयगत अध्ययन गरेर मात्र बोल्न आग्रह गरेको छ । 

सांसद सुवालले संसदमा योग वैज्ञानिक छैन र यसलाई प्रतिबन्ध लगाउनुपर्छ भनेकोप्रति संघको गम्भीर आपत्ति रहेको भनदै संघले संसद जस्तो ठाउँमा बोल्दा होस पु¥याएर, विषयगत अध्ययन गरेर मात्र बोल्नु अनुरोध गरेको छ । 

संघका महासचिव डा रविनलाल श्रेष्ठले पौराणिक उपचार पद्धतिको रुपमा विकास भएको योग तथा प्राकृतिक चिकित्साले विभिन्न रोग निदानमा भूमिका निर्वाह गरेको बताए ।

उनले विश्वमै विभिन्न वैज्ञानिकहरु योग र प्राकृतिक चिकित्साको विषयमा यसको उपलब्धी र फाइदाका बारेमा विभिन्न लेखहरु सार्वजनिक गसिकेको अवस्थामा योगलाई अवैज्ञानिक भन्नु आफैमा ज्ञानको अभाव भएको बताए ।

विश्व स्वास्थ्य संगठनले नै योग लगायत प्राकृतिक चिकित्साका विधाहरुलाई मान्यता दिइसकेको हुनाले यसलाई वेवास्ता नगर्न विज्ञप्तिमार्फत अपिल गरिएको छ । 

Last modified on 2020-06-09 11:56:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts