नेपालमा थप ३ सय १४ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं, २६ जेठ । नेपालमा थप ३ सय १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमवार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय १४ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको भन्दै डा. गौतमले संक्रमितमध्ये २ सय ५६ जना महिला र ३ हजार ५ सय ६ जना पुरुषहरु रहेको बताए ।
मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले नेपालमा हालसम्म कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ४ सय ८८ जना स्वस्थ भएका छन् ।
Last modified on 2020-06-08 16:29:10