सन्धिखर्क नगरपालिकाका उपप्रमुखसहित २९ जनामा कोराना संक्रमण पुष्टि

रुपन्देही, २६ जेठ । सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विकसहित २९ जना कोराना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य प्रमुख पुष्पा थापाका अनुसार सन्धिखर्क नगरपालिका– १ का एक जना, वडा नम्बर ६ का १२ जना, वडा नम्बर ७ का १६ जना, सितगंगा नगरपालिका १ जना र पाणिनि गाउँपालिकाका १ जना गरि २९ जनामा संक्रमण पुष्टि भएको हो ।
अर्घाखाँचीमा यो सँगै ३५ जनामा संक्रमण भएको छ । भारतबा अर्घाखाँची फर्किदै गरका एक युवाको यसअघि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । चार जना संक्रमण सनपामा रहेको क्वारेन्टाइन रहेको र आज संक्रमण पुष्टि भएकालाई पनि सन्धिखर्कको क्वारेन्टाइनमा राखिने प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । सनपा उपप्रमुखले जनताको सेवामा जाँदा संक्रमण भएको हुनसक्ने बताए । आज संक्रमण पुष्टि भएकाहरु यसअघि कोरोनाका कारण मृत्यु भएका व्यक्तिको सम्पर्कमा रहेको जनाइएको छ । हाल सबै जना क्वारेन्टाइन छन्