क्वारेन्टाइन र आइसोलेसनको गुणस्तर अनुगमनका लागि समिति गठन



Download our app to get more features

काठमाडौं, २५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा रहेका क्वारेन्टाइनको गुणस्तर मापदण्ड अनुसार भए नभएको विषयमा अनुगमन गर्न समिति गठन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको गुणस्तर तथा नियमन महाशाखाका प्रमुखको संयोजकत्व र शंकट व्यवस्थापन केन्द्र, नेपाल मेडिकल काउन्सिल र नेपाल चिकितसक संघको पदाधिकारीसहितको  समिति गठन गरिएको हो ।

समितिले मुलुक भर रहेका क्वारेन्टाइन, अस्पतालमा भएका आइसोलेनसन लगायतमा गुणस्तर, सेवा सुविधा लगायतका विषयमा अनुगमन गर्ने कमिकमजोरी भएको अवस्थामा त्यसलाई सुधार गर्ने मन्त्रालयले जनाएको छ ।

Last modified on 2020-06-08 15:05:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts