नेपालमा २ सय १३ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं, २५ जेठ । नेपालमा थप २ सय १३ जना नयाँ कोरोना संक्रमित भपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय १३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।
यस्तै नेपालमा हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये ४ सय ६७ जना स्वस्थ भएका छन् ।
Last modified on 2020-06-08 15:04:05