स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. गौतमलाई 



Download our app to get more features

काठमाडौं, २५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको  जिम्मेवारी डाक्टर जागेश्वर गौतमले पाएका छन् । उनी केही दिनअघि मात्रै परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालबाट मन्त्रालय तानिएको थिए । यस्तै मन्त्रालयको प्रवक्ताका रुपमा रहेका डा. विकास देवकोटालाई गुणस्तर मापन महाशाखा पठाइएको मन्त्रालयले जनाएको छ । केही समययता मन्त्रालयले व्यापक रूपमा कर्मचारीको जिम्मेवारी हेरफेर गरिरहेको छ । केही दिन अघि मात्रै पनि मन्त्रालयमा नयाँ सचिवको रूपमा लक्ष्मण अर्याललाई नियुक्त गरिएको थियो।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts