गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पोखरा, २५ जेठ । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ संक्रमितहरु स्याङजाका १४, गोरखाका १०, बागलुङका १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वका ४ जना रहेका छन् ।
स्याङजाको वालिङ नगरपालिकाका २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षीय पुरुष गरी एकैदिन १३ जना र भीरकोट नगरपालिकाका ४५ वर्षीय एक जना गरि १४ जना पुरुषहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, बागलुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २६, २९ वर्षका पुरुष छन् भने एक जनाको उमेर खुल्न नसकेको निर्देशनालयका प्रमुख डा. विनोदविन्दु शर्माले बताए । उनले बागलुङकै ढोरपाटन नगरपालिकामा पनि थप एक जना संक्रमित फेला परेको पनि बताए ।
यस्तै गोरखाको गण्डकी गाउँपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २३ र २१ गरी ९ जना र पालुङटार नगरपालिकाका एक १७ वर्षीय युवक गरि १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, नवलपरासी बर्दघाट सुस्ता पूर्वको हुप्सेकोट गाउँपालिकाका २०, ३५, ४५ र ३५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या १ सय १३ पुगेको छ ।