नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौं, २४ जेठ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी एकजनामा महिलामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रवार अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकी धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की ५४ वर्षीया महिला महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए ।
लामोसमयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित उनी पहिलो पटक डायलासिस गराउनका लागि सेती अस्पताल पुगेका थिईन् । डायलासिस अघि उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको डायलासिस वार्डका व्यवस्थापक दीपक भट्टले जानकारी दिए। मृत्युपछि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा कोरोना पुष्टि भएको हो ।
मृतकमा कोरोना पुष्टि भएपछि डायलासिस वार्ड सिल गरिएको छ । मृतक महिला यसअघि नेपालगञ्ज र काठमाडौँमा डायलासिस गराउँदै आएकी थिईन् ।
यसअघि डोल्पापनि एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको बताइएको छ ।