नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १२ पुग्यो 



Download our app to get more features

काठमाडौं, २४ जेठ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

डोल्पाको जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय एक जना पुरुषको मृत्युपछि नमूना परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्णाली प्रदेश सामाजीक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मी नारायण तिवारीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृतक व्यक्तिको नमूना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

१२ जना साथीसँगै जेठ १८ गते गाडीमा सुर्खेतबाट डोल्पा पुगेका उनी होम क्वारेन्टाइनमा बसेको र जेठ २२ गतेमात्रै उनको स्वाब संकलन गरेर परीक्षणका लागि जुम्ला पठाइएको उनले बताए । 

उनको मृत्यु जेठ २० गते नै भइसकेको थियो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts