भेरी अस्पतालमा गरिएको परीक्षणमा ४० जनामा कोरोना संक्रमण पुष्टि 



Download our app to get more features

काठमाडौं, २४ जेठ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार बाँकेका १० जना र बर्दियाका ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु बाँकेको खुजराका ७ जना र बैजनाथ गाउँपालिकाका ३ जना रहेका छन् । यस्तै बर्दियाको बाँसगढी, बढाइताल, गलुरिया, राजपुर र मधुवनका ३० जना रहेका छन् ।

Last modified on 2020-06-06 14:24:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts