गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि



Download our app to get more features

गण्डकी, २४ जेठ । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका अनुसार स्याङजामा १०, कास्की र नवलपरासी पूर्वमा ३÷३ र बागलुङ जिल्लामा १ जनामा कोरोना पुष्टि भएको हो ।
 
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार स्याङजाको वालिङ नगरपालिकाका ८ जना र हरिनास गाउँपालिकाका २ जना गरि स्याङजामा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

कास्की जिल्लाको रुपा गाउँपालिकाका २ जना र पोखरा महानगरपालिकाका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने नवलपरासी सूस्ता पूर्वको बिनय त्रिबेणी गाउँपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ । यस्तै बागलुङको ताराखोला गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले बताए । 

शर्माका अनुसार संक्रमित सबै पुरुष हुन् । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५ पुगेको छ भने निको हुनेको संख्या ३ पुगेको छ ।  

Last modified on 2020-06-06 09:14:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts