सुदूरपश्चिममा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९२ पुग्यो

धनगढी, २३ जेठ । सुदूरपश्चिममा आज थप ६ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए। श्रेष्ठका अनुसार डडेल्धुराका पाँच र कैलालीका एक जनामा कोरोना पुष्टि भएको हो ।
डडेल्धुरा गन्यापधुरा गाउँपालिका–१ का १७ र ३८ बर्षीय पुरुष, वडा नम्वर २ का १९, २४ र ५७ बर्षीय पुरुष तथा कैलालीको जानकी गाउँपालिका–७ का १६ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या ९२ पुगेको छ।
सुदूरपश्चिमका ९२ जना संक्रमित मध्ये ८९ जना प्रदेशभित्रै रहेका छन् भने एक जना संक्रमितको मृत्यु भईसकेको छ। एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ। संक्रमित मध्ये सा जना प्रदेशभित्रका विभिन्न अस्पतालबाट डिस्चार्ज भईसकेका छन्। सबैभन्दा बढी कैलालीका ४० जना, अछामका १४, कञ्चनपुरमा १०, डोटीका १०, बैतडीका र डडेल्धुरामा ६–६, बाजुराका तीन, बझाङमा दुई र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ। अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ७५, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पाँच जनामा कोरोना पुष्टि भएको छ।