नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो



Download our app to get more features

काठमाडौं, २३ जेठ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । 

सुर्खेतको पञ्चपुरीस्थित क्वारेन्टाइनबाट घर फर्किएपछि मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पगुेको हो ।

दू्रत परीक्षण विधिबाट कोरोना संक्रमणको जाँच गरि घर पठाइएका पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षका युवकको बिहीवार बिहान मृत्यु भएको थियो । घर पठाइएका ती युवकको मृत्युपछि पीसीआर विधिबाट परीक्षण गर्दा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मण नारायण तिवारीले हाम्रो डाक्टर न्यूजलाई बताए ।

उनले बिहीवारै सुर्खेत ल्याइएको उनको स्वाबको नतिजा राति २ बजे आएको र त्यसमा कोरोना पुष्टि भएको बताए ।

ती युवक यही जेठ ७ गते भारतबाट आएका उनी जनता माध्यमिक विद्यालय विद्यापुरको क्वारेन्टिनमा बसेका थिए । 

मृतक युवकको शवलाई प्रहरीले सुरक्षा दिइरहेको र दाहसँस्कारका लागि वीरेन्द्रनगरबाट सेनाको टोली आउने तयारी गरिएको छ । मृतक युवकसँगै जनता माविको क्वारेन्टाइनमा ५४ जना थिए । 

उनीहरुको कोरोना परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखियो । युवकसँग बसेका पाँच जनाको रिपोर्ट भने नेगेटिभ आएको थियो । 

योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने औपचारिक रुपमा पुष्टि गर्न बाँकी छ । 
 

Last modified on 2020-06-05 14:50:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts