गण्डकी र सुदूरपश्चिममा गरि थप ७ जनामा कोरोना संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, २३ जेठ । गण्डकी र सुदूरपश्चिम प्रदेशमा गरी ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको तनहुँ जिल्ला ऋषिङ गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका ३९ र ४० वर्षका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । 

संक्रमित दुबै जनालाई तनहुँ जिल्लाको सरकारी अस्पतालमा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।

यस्तै सुदूरपश्चिममा थप पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप पाँच जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै सुदूरपश्चिममा संक्रमितको सङख्या ८६ पुगेको छ । धनगढी फुलवारीकी २५ वर्षीय युवती र २६ वर्षीय पुरुष, कैलालीको घोडाघोडी नगरपालिकाका ३२ वर्षीय पुरुष, अछाम साँफेवगरका २९ वर्षीय पुरुष र बझाङ विथ्थडचिरका २६ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

सुदूरपश्चिमका ८६ जना संक्रमित मध्ये ८३ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ । एक जना संक्रमितको मृत्यु भईसकेको छ । ७ जना प्रदेशभित्रबाटै डिस्चार्ज भईसकेका छन् ।

सबैभन्दा बढि कैलालीका ३९ जना, अछामका १४, कञ्चनपुरमा १०, डोटीका १०, बैतडीका ६, बाजुराका तीन, बझाङमा दुई, डडेल्धुरा र दार्चुलाका एकरएक जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ६९, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ ४१ पुगेको छ ।
 

Last modified on 2020-06-05 14:05:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts