नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुग्यो, संक्रमितको संख्या २६ सय नाघ्यो



Download our app to get more features

काठमाडौं, २२ जेठ । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । पाल्पाका एक ज ना ४५ वर्षका एक पुरुषको गत २० जेठमा मृत्यु भएको थियो । उनमा कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, नेपालमा एकैदिन ३ सय ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ३४ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ भने संक्रमित भएकामध्ये २ सय ९० जना स्वस्थ भएका छन् ।

Last modified on 2020-06-05 14:05:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts