स्वास्थ्य सेवा विभाग र व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी हेरफेर
काठमाडौं, २२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा. दीपेन्द्ररमण सिंह र व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी डा. रमेश खरेललाई दिएको छ। यसअघि विभागको महानिर्देशकमा महेन्द्र श्रेष्ठ र महाशाखाको निर्देशक भोगेन्द्र डोटेल थिए । उनीहरुलाई मन्त्रालयमा तानिएको छ ।
यस्तै परोपकार राष्ट्रिय प्रसूति गृहका निर्देशक डा. जागेश्वर गौतमलाई पनि मन्त्रालय तानिएको छ।
Last modified on 2020-06-05 14:05:49