गण्डकीमा थपिए १६ जना कोरोना संक्रमित



Download our app to get more features

गण्डकी, २२ जेठ । गण्डकी प्रदेशका बाग्लुङ, पर्वत, स्याङजा र म्याग्दी जिल्लामा थप १६ जना कोरोना संक्रमित थपिएका छन् ।

बागलुङमा १०, पर्वतमा ४, स्याङजा र म्याग्दीमा एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित हुनेमा बागलुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष र वर्ष ३३ का १ जना महिला, बाग्लुङको बडीगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र बाग्लुङकै गल्कोट नगरपालिकाका २०, २२ र २३ का ३ जना पुरुष गरि बाग्लुङ जिल्लामा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको हो ।

स्वास्थ्य निर्देशक तथा प्रवक्ता डा बिनोदबिन्दु शर्माका अनुसार पर्वतको फलेबास नगरपालिकाका वर्ष २१ का २ जना पुरुष र पर्वतकै बिहादी गाउँपालिकाका २४ र २८ वर्षका २ जना पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्जा जिल्ला, कालीगण्डकी गाउँपालिकाका बर्ष १८ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

म्याग्दी जिल्लाको मंगला गाउँपालिकाका वर्ष १९ का १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको डा. शर्माले जानकारी दिए । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ भने नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय १९ पुगेको छ ।

Last modified on 2020-06-04 08:37:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts