नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

काठमाडौं, २० जेठ । नेपालमा २ सय ८८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सोमवार २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयको नियमित्र प्रेस ब्रिफिंगको क्रममा प्रवक्ता डा.विकास देवकोटाले मंगलवार २ सय ८८ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको बताए ।
उनले नेपालमा हालसम्म ७७ मध्ये ६१ जिल्लामा कोरोना संक्रमण फैलिएको भन्दै सबैभन्दा धेरै प्रदेश २ र त्यसपछि प्रदेश ५ कोरोना संक्रमितको संख्या रहेको बताए ।
यस्तै २ सय ६६ जनाले कोरोनालाई जितेका छन् ।
Last modified on 2020-06-03 15:06:12