पहाडी जिल्ला पाल्पामा ३ जनामा कोरोना संक्रमण पुष्टि

रुपन्देही, १९ जेठ । पहाडी जिल्ला पाल्पामा पहिलो पटक तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भारतबाट आएर क्वारेन्टाइनमा रहेका रैनादेवी छहराका २ जना र माथागढी गाउँपालिकाका १ जनामा कोरोना पोजेटिभ रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जनाएको छ ।
उनीहरुको पिसिआर परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनीहरुलाई तानसेनमा निर्माण गरिएको आइसोलेशन सेन्टरमा राख्ने तयारी भइरहेको छ । कोरोना संक्रमण भएका तीनै जनालाई तानसेनस्थित आइसोलेसनमा ल्याउने तयारी भएको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।
यसैबीच, बुटवलको कोरोना विशेष अस्पतालबाट ३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । निको भएका उनीहरू मध्ये ३ जना कपिलवस्तुका र १ जना रुपन्देहीको सियारी गाउँपालिका हुुन् ।
अस्पताल भर्ना गरिएका संक्रमितको लगातार दुई पटकको रिर्पोटमा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई आइतवार डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनालले बताए । निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ’ भन्ने सन्देश दिएको डा खनालले बताए ।
यस अघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा र कपिलबस्तुका १० जना निको भएर घर गइसकेको बुुटवल धागो कारखानस्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ट कन्सलटेन्ट डा. सुुदर्शन थापाले बताए ।
लकडाउनको पालना गरेर घरमै बस्नुपर्ने र सरसफाइमा ध्यान दिनु पर्ने मेडिकल सुपरिटेन्डन डा. खनालले बताए ।