नेपालमा थप एक सय ६६ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं, १८ जेठ । नेपालमा थप एक सय ६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ सय ६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कोभिड १९ सम्बन्धी प्रेस ब्रिफिंगमा बताए ।
यस्तै हालसम्म नेपालमा कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये २ सय २० जना डिस्चार्ज भएका छन् । जसमा पुरुष एक सय ७२ र महिना ४८ रहेका छन् ।
Last modified on 2020-06-01 16:03:50