प्रदेश २ को धनुषासहित ३ जिल्लामा थपिए ६० जना नयाँ कोरोना संक्रमित



Download our app to get more features

काठमाडौं, १८ जेठ । प्रदेश २ मा आज बिहान ६० जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । 

रािष्ट्रय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा प्रदेश २ का ६० जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

संक्रमितहरु रौतहटका २९,  धनुषाका २१, सर्लाहीका १० जना रहेका छन् ।

प्रदेश २ को सामाजीक विकास मन्त्रालयका अनुसार रौतहटका दुर्गाभगवती क्वारेन्टाइनका ८ जना, मदरसा क्वारेन्टाइनका १० र गौर क्वारेन्टाइनका ११ जना रहेका छन् ।

त्यसैगरी धनुषाको मुखियापट्टी मुसहरनिया क्वारेन्टाइनका ११ जना, गोपाल धर्मशालाको ९ जना र १ जना गणेशमान चारनाथ नगरपालिकाका एक जना गरि २१ जना छन् ।

त्यसैगरी सर्लाहीको हरिपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाँउपालिका क्वारेन्टाइनका ३ जना रहेका छन ।

योसँगै प्रदेश २ मा मात्रै कोरोना भाइरस संक्रमित हुनेको संख्या ६ सय १९ पुगेको छ भने एक जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

Last modified on 2020-06-01 15:08:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts