प्रदेश २ का ५ जिल्लामा गरि ३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १७ जेठ । प्रदेश नम्बर २ को ५ जिल्लाका गरि ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला टेकु, नारायणी अस्पताल र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ५ जिल्लाका ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश २ को सामाजीक विकास मन्त्रालयले जनाएको छ ।
संक्रमितहरु सप्तपरीका एक जना महिला र ८ जना पुरुष सहित ९ जना, सिरहामा १२ जना पुरुष, बारामा एक जना पुरुष, पर्सामा एक जना महिला र एक जना पुरुष सहित २ जना, सर्लाहीमा १२ जना रहेका छन् ।
Last modified on 2020-05-30 13:44:08