क्वारेन्टाईनलाई व्यवस्थित र मानवीय व्यवहार गर्ने वातावरण बनाउन प्रदेश सांसदको माग



Download our app to get more features

रुपन्देही, १५ जेठ । प्रदेश ५ का प्रदेश सदस्यहरुले प्रदेशमा बनाईएका क्वारेन्टाईनलाई व्यवस्थित र मानवीय व्यवहार गर्ने गरि सुव्यवस्थित बनाउन माग गरेका छन् । 

प्रदेश ५ सरकारले प्रदेश सभामा प्रस्तुत गरेको २०७७/०७८ को नीति तथा कार्यक्रम माथिको छलफल कार्यक्रममा बोल्दै प्रदेश सदस्यहरुले प्रदेशमा बनाईएका क्वारेन्टाईन मानिस मार्ने स्थल बन्न नहुने कुरामा जोड दिएका थिए ।

‘रोग भोक जितौ मान्छे मार्नबाट रोकौं’ भन्ने नारालाई नीति तथा कार्यक्रममा समावेश गर्न सभामा बोल्ने माननीयहरुले जोड दिएका थिए । प्रदेश सदस्यहरुले क्वारेन्टाईन जन्ती राख्ने घर सरह भएको गुनासो गर्दे नीति तथा कार्यक्रममा नेचर, कल्चर र एग्रिकल्चरलाई प्राथमिकता दिन माग गरे । क्वारेन्टाईनलाई सुविधा सम्पन्न र मानिसलाई क्वारेन्टाईनमा बसौबसौ हुने खालको बनाउन समेत उनीहरुले माग गरे ।

प्रदेशमा बनाईएका क्वारेन्टाईनमा मानवीय व्यवहार गर्ने गरि कार्य योजनासहितको वातावरण तयार गर्नुपर्ने उनीहरुको माग छ भेडा बाख्रा सरह राख्ने गरि बनाईएका क्वारेन्टाईनले कोरोना नियन्त्रण भन्दापनि संक्रमण बढाउने खालका रहेकोप्रति सरकार गम्भीर हुन माग गरेका छन् ।

सभामा प्रदेश सदस्य डिल्ली बहादुर चौधरीले क्वारेन्टाईन जान मानिस डराउने खालको भएकोले त्यसमा व्यवस्थापन गर्न माग गरे । मानिस बचाउने हेतुले क्वारेन्टाईन बनाईएको हो भन्ने स्थापित गर्न समेत चौधरीले भने । प्रदेश सदस्य चौधरीले प्रदेशका सदस्यहरुलाई वजेटको अधिकार नहुदाँ आफनो क्षेत्रमा जादाँ मुसा सरह भएर वस्न बाध्य हुन परेकोले त्यसलाई नीति तथा कार्यक्रममा सम्वोधन गर्नु पर्ने बताए ।

प्रदेश सदस्य विरबहादुर रानाले नीति तथा कार्यक्रम विगतकै निरन्त्रता रहेको टिप्पणी गदै कारोना अस्पताल, क्वारेन्टाईन स्थलको अवस्था हेदा दयनिय रहेकाले त्यसतर्फ गम्भीर हुन आग्रह गरे । नैतिकता , नीति, सुशासनमा रहेर जनताको पक्षमा काम गर्न आग्रह गरे । उनले साउन महिना भित्र कोरोना नियन्त्रण हुने भनिएको छ । तर, त्यसको कुनै योजना देखाईएको छैन र कोरोनालाई देखाएर प्रदेशको नामाकरण तथा स्थायी राजधानीको टुंगो लगाउने काम लम्ब्याउने खेल नखेल्न पनि माग गरे । 

प्रदेश सदस्य सुष्मा यादवले प्रदेश ५ मा सवै भन्दा जोखिमा रहेकोे कपिलवस्तु जिल्लामा कोरोना विशेष अस्पताल बनाउन माग गरिन् । प्रदेश सदस्य दीपा विकले प्रदेशका १२ वटै जिल्लामा वाल अस्पताल र प्रस्तुति गृह निर्माण गर्न माग गरिन् । 

प्रदेश सदस्य शंकर प्रसाद गिरीले कोरोनावाट नागरिक बचाउने सवालमा सरकार असफल सिद्ध भएको गुनासो गरे । प्रदेश सदस्य विजय यादवले क्वारेन्टाईन मापदण्ड अनुसार भए नभएको बारेमा अनुगमन गर्न र मानिसको ज्यान बचाउने गरि काम गराउन माग गरे । 

Last modified on 2020-05-28 09:34:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts